Connect with us
Kapilvast Forest

कपिलवस्तु चन्द्रौटाका दिपेन्द्र नेविसंघको केन्द्रिय सदस्यमा मनोनित

२०८०, २३ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तु चन्द्रौटाका विद्यार्थी नेता दिपेन्द्र रेग्मी नेपाल विदयार्थी संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सोमबार बिभिन्न व्यक्तिहरुलाई मनोनयन गर्ने क्रममा रेग्मीलाई मनोनित गरिएको हो ।

सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी ७१० केन्द्रिय सदस्य मनोनयन गरेका थिए ।

दिपेन्द्र रेग्मी नेविसंघमा विगत एक दशक भन्दा बढी समय देखी आबद्ध रहेका थिए । रेग्मी संगै संदिप यादव, कृष्ण गिरी, टिआर पाण्डे, माधव पौडेल, मञ्जु विश्वकर्मा, कृष्ण आचार्य र शिखर प्रसाद आचार्य पनि मनोनयनमा परेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu