Connect with us
Kapilvast Forest

उत्पादन बढाउन सरकारले लगानीको बातावरण सुनिश्चित गर्न सकेनः केन्द्रिय सदस्य जम्सेद

२०८०, १६ भाद्र शनिबारमा प्रकाशित

दाङ–नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जम्सेद अलिले सरकारले उद्योगी व्यवसायीलाई संरक्षण गर्न नसक्दा र बिकाशे बजेट समयमा खर्च नगर्दा विकराल रुप सृजना भएको बताउनु भएको छ । दाङको लमहीमा शनिबार देउखुरी उद्योग बाणिज्य संघको २० औं साधारणसभा तथा १२ औं अधिवेसन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले राज्यको अव्यवहारिक नीतिका कारण उद्योगी, व्यवसायी पलायन हुन थालेको भन्दै स्वदेशमै उत्पादनको क्षेत्र बढाउन सरकारले लगानी बढाउनुपर्ने बताउनु भयो ।‘जुन शहरमा जानुस सटर खाली हुन थालेका छन् । उद्योगी व्यवसायीले व्यवसाय छाडेर पलायन हुन थाले । यस्तो समस्या सरकारले देख्दैन’उहाँले भन्नुभयो,‘उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारले ध्यान दिनैपर्छ ।’ नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले स्वदेशमा उत्पादन नहुदा बजारमा शिथिलता छाएको बताउनु भयो । स्थानीय उत्पादन बढाउन सरकारी स्तरबाट वातावरण सृजना हुनुपर्ने धारणा राख्नु भयो । यस्तै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य केशवराज भण्डारीले उद्योगी व्यवसायीको समस्या सम्वोधनको लागी महासंघले पहल गरिरहेको बताउनु भयो । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu