Connect with us
Kapilvast Forest

पोखरा विमानस्थलको समस्या सुल्झाउन सरकार प्रयत्नरत छ : अर्थमन्त्री महत

२०८०, १८ भाद्र सोमबारमा प्रकाशित

अर्थमन्त्री प्रकाशसरण महतले पोखरा विमानस्थलका केही सीमा रहेको जनाउँदै ती समस्या सुल्झाउन सरकार प्रयत्नरत भएको बताउनुभएको छ ।

पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै मन्त्री महतले सो कुरा बताउनुभएको हो । नेपालको पर्यटन विकासका लागि निजगढमा विमानस्थल बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँको विमानस्थल साँघुरो छ, जहाज आकाशमै होल्ड गर्नुपर्ने अवस्था आउँछ । पोखरा र गौतमबुद्ध विमानस्थलका पनि आफ्नै सीमा छन् । देशमा पर्यटनको उल्लेख्य विकासका लागि निजगढमा विमानस्थल बनाउनै पर्छ ।” उहाँले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलसँगै पूर्व–पश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गमा फास्टट्र्याक बनाउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा र गण्डकी क्षेत्रको विकासमा सरकारले कम लगानी गरेको भन्ने तथ्य साँचो नभएको जनाउँदै उहाँले माग र निर्णय दुवै भावनाकै भरमा हुँदा काम गर्न कठिनाइ भएको चर्चा गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu