कुस्तीमा नेपालका सबै खेलाडी पहिलो खेलमै पराजित
चीनको हान्झाउमा जारी १९औं एसियाडमा कुस्तीमा सहभागी नेपालका चारै खेलाडी पहिलो चरणमै पराजित भएका छन् । लिनान स्पोर्टस् एण्ड कल्चरल एक्जिबिसन सेन्टरमा भइरहेको कुस्तीमा शनिबार प्रतिस्पर्धा गरेका नेपालका राज यादव र सुरेश चुनारा पहिलो खेलमै पराजित भएका हुन् ।
पुरुष फ्रिस्टाइल ८१ केजीमा प्रिक्वाटरफाइनल खेलेका राज कम्बोडियाका बाली सोउसँग १०-० ले पराजित भए । टेक्निकल सुपेरिटीको आधारमा बाली विजयी भएका हुन् ।
यस्तै पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमेनिस्तानका परमान होम्मादोभसँग ११-० ले पराजित भए । सुरेश पनि टेक्निकल सुपेरिटीकै आधारमा पराजित भए ।