Connect with us
Kapilvast Forest

बजार पुँजीकरण तेत्तिस खर्ब नजिक

२०८०, ८ पुष आईतवारमा प्रकाशित

सेयर बजारमा यो साता कुल बजार पुँजीकरण ६.५ प्रतिशतले उकालो लागेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७६ अर्ब रुपियाँ रहेको कुल बजार पुँजीकरण यो साता एक खर्ब ९९ अर्ब रुपियाँ बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड ७१ लाख ५९ हजार ६८६ रुपियाँ पुगेको हो ।

परिसूचकसँगै कारोबार रकम पनि बढेको यो साता हरेक दिन पाँच अर्बभन्दा बढीको कारोबार भएको छ । समग्रमा साताभर ३१ अर्ब २७ करोड रुपियाँ बढीको कारोबार भएको छ । गत साता पाँच दिन नै बजार खुल्दा १६ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

आइतबार पाँच अर्ब १५ करोड, सोमबार छ अर्ब ८६ करोड, मङ्गलबार पाँच अर्ब ९८ करोड, बुधबार सात अर्ब र बिहीबार छ अर्ब २७ करोडको कारोबार भएको छ ।

यो साता नेप्से परिसूचक ५.५ प्रतिशतभन्दा बढीले उकालो लागेर बन्द भएको छ । गत साता १९९४.६० बिन्दुमा बन्द भएको नेप्से, यस साता ५.७४ प्रतिशत अर्थात् ११४.५० अङ्क बढेर २१०९.१० बिन्दुमा बन्द भएको छ ।

यो साता पाँच कारोबार दिनमध्ये नेप्से परिसूचक चार दिन उकालो लागेको थियो भने एक दिन ओरालो लागेको थियो । चालु आर्थिक वर्षको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब एक करोड रुपियाँ कायम भएको छ । २०७९ कात्तिक मसान्तमा बजार पुँजीकरण २७ खर्ब ५२ अर्ब २४ करोड रुपियाँ रहेको थियो ।

आव २०८०/८१ को चार महिनामा ३६ अर्ब १० करोड बराबरको साधारण सेयर, तीन अर्ब ८४ करोड रुपियाँ बराबरको हकप्रद सेयर र दुई अर्ब ५४ करोड रुपियाँ बराबरको बोनस सेयर गरी कुल ४२ अर्ब ४८ करोड बराबरको थप सेयर सूचीकृत भएको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले आठ अर्ब ५१ करोड बराबरको साधारण सेयर, तीन अर्ब २० करोड बराबरको डिबेन्चर, दुई अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड र एक अर्ब १० करोड बराबरको हकप्रद सेयर गरी कुल १५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu