Connect with us
Kapilvast Forest

ठमेल पर्यटन विकास परिषद्ले गर्दैछ ठमेलमा न्यु इयर इभ

२०८०, १४ पुष शनिबारमा प्रकाशित

काठमाडौं- अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘न्यु इयर इभ ठमेल सडक महोत्सव’ हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले विगतका वर्षहरुमा झै यस वर्ष पनि नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा सडक महोत्सव गर्न लागिएको जनाएको छ ।

पौष १५ गते आईतवार साँझ साढे ५ बजे शुरु हुने महोत्सवको उद्घाटन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्नुहुने ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताउनु भयो । उहाँले ठमेलको सबै क्षेत्रमा विभिन्न व्यवसायीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धन गरी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेललाई राष्ट्रिय तथा अतर्राष्ट्रिय आकर्षक गन्तव्यको रुपमा परिचित गराउने अभियानमा जुट्न आग्रह गर्नुभयो ।

उहाँले पर्यटकको सुरक्षाका लागि ठमेलका गल्लीमा सिसि क्यामेरा जडान गरिएको बताउनु भयो । २४ सै घण्टा सामुहिक अनुगमन टोली चलाउने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले विगतका वर्षमा झैँ अंग्रेजी वर्ष र नेपाली नयाँ वर्षमा सडक महोत्सव गर्दै आएका छौँ । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा विगतमा झैँ भव्य तरिकाले ठमेल महोत्सव गर्दैछौँ । यसको कार्यक्रम उद्घाटन उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का हुनुहुन्छ । विगतमा भन्दा फरक हुनेछ । यसपालिदेखि ३ बजेबाट नै विभिन्न ठाउँबाट लाखे नाच, धिमे बाजा, पञ्चेबाजा गरी विभिन्न प्रकृतिका सांस्कृतिका कार्यक्रम शुरु गर्दै सञ्चयकोषमा आएर ५ बजे सामुहिक रुपमा ती कार्यक्रमहरु पस्किने तयारी गरिरहेका छौँ ।

गत वर्षको भन्दा कार्यक्रम फरक छन् । अहिले ठमेलका गल्लीमा सिसि क्यामेरा जडान गरिएको छ, जसले सुरक्षित रुपमा पर्यटकहरु बस्न र खान पाउनेछन् । सुरक्षाको हिसावले गत वर्षको भन्दा धेरै व्यवस्थित भएको छ । २४ सै घण्टा सामुहिक अनुगमन टोली चलाइरहेका छौँ । त्यसले गर्दा पनि ठमेलमा आउने पर्यटकहरुले धेरै नै सुरक्षित महशुस गर्नुहुनेछ । गत वर्ष १ लाख ३० हजार स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्ष इभमा ठमेलमा आउनुभएको थियो भने यस वर्ष एक लाख ८० हजारको तयारी र अपेक्षा छ ।’

अध्यक्ष शर्माले गत वर्ष १ लाख ३० हजार स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षमा आगमन भएको र यस वर्षमा पनि एक लाख ८० हजार पर्यटक आउने अपेक्षा रहेको बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu