Connect with us
Kapilvast Forest

नेपाल एसबिआई बैंकले पारित गर्याे १०.५५ % लाभांश

२०८०, १५ पुष आईतवारमा प्रकाशित

काठमाडौं – नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश बोनश सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित गरी कुल १०.५५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले बैंकको आर्थिक वर्ष २०७९र८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९र८० वार्षिक आर्थिक विवरण असार मसान्त २०८० को वासलात, आर्थिक वर्ष २०७९र८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्जर वा एक्विजिसनगर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु मर्जर वा एक्विजिसन गर्ने गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनी सचिव श्रीधर अधिकारी बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu