Connect with us
Kapilvast Forest

पैचो पसलको बार्षिकोत्सव : बुटवलमा रक्तदान र गुल्मीमा माटो परीक्षण

२०८०, १५ पुष आईतवारमा प्रकाशित

बुटवल । पैचो पसल प्रालिले आफ्नो नवौं वार्षिकउत्सवको अवसरमा बुटवलमा रक्तदान र गुल्मीमा निशुल्क माटो परीक्षण गरेको छ ।

बुटवलको सुख्खानगर शाखामा आयोजना गरिएको रक्तदानमा ५० बढीले रक्तदान गरे भने पैचो पसलको तर्फबाट रेडक्रस रक्तसञ्चार केन्द्र बुटवललाई ३ सेट बिपी सेट हस्तान्तरण गरिएको पैचो पसलका प्रमुख सञ्चालन अधिकृत केशवराज न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै वार्षिकोत्सवकै अवसरमा गुल्मीको छत्रकोट १ हुँगाका २५ जना किसानको निशुल्क माटो परिक्षण समेत गरिदिएको छ । माटोको रिपोर्ट आएसँगै त्यहाँ उत्पादन हुने बिउबिजन र प्रबिधिक सेवा दिएर किसानलाई कृषि उत्पादनको प्रोत्साहन गरिने पैचोका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले बताउनुभयो ।

माटो परिक्षण कार्यक्रमको छत्रकोट गाउपालिका वार्ड न १ का अध्यक्ष घनश्याम न्यौपाने उदघाटन गर्नुभएको थियो । उहाँले पैचोले किसानको हितको लागि काम गरिरहेको र आगामी दिनमा पनि आफ्नो कार्यलाई निरन्तरता दिन पैचो समुहलाई आग्रह गर्नुभयो ।

स्थानीय कृषक मीना भण्डारीले कसैले नगरेको काम पैचोले गरिदिएको भन्दै माटो परिक्षणले स्थानीय किसानको उत्पादकत्व सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu