Connect with us
Kapilvast Forest

सगरहवा मुर्ती कार्यशालामा भ्रष्टाचारको गन्ध

२०८०, ६ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु-
“ताक परे एमाले नत्र समाजवादी” चरित्रका पात्रले यतिखेर लुम्बिनी विकास कोष मात्र होइन कपिलवस्तुमा पनि खैलाबैला मचाएका छन् । पुरातात्विक स्थल माथि रक गार्डेन बनाएर कमाउधन्दामा लागेका लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराईका कारण कोष विवादमा तानिएको छ । बौद्ध धर्म र इतिहासले तिलौराकोट र लुम्बिनी जत्तिकै महत्व दिएको सगरहवालाई ध्वस्त बनाउने खेलमा कोष आफै लागेको भन्दै चौतर्फी आलोचना भइरहेको छ भने पुरातत्वविदहरुले कडा आपत्ती जनाएका छन् ।
सगरहवा शाक्यमुनि बुद्धको जीवनको उत्तराद्र्धतिर कौशल देशका राजा प्रसेनजितका पुत्र विरुद्धकले शाक्यहरु विरुद्ध प्रतिशोध स्वरुप ७७ हजार बौद्ध भिक्षु तथा शाक्यहरुको हत्या गरेको क्षेत्र हो । त्यहा रहेको पोखरीको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार गरेको सम्झनामा सयौँ स्तुुपाहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन साङको सन् ६३६ को यात्रा वर्णनमा उल्लेख छ । सन् १८९७ मा नेपाल सरकारको तर्फबाट डा. फुुरहरद्वारा गरिएको उत्खनन अन्वेषणमा ठूूलो वर्गाकार स्तूपको चारै दिशामा हजारौँको संख्यामा साना स्तूप त्यसलाई शाक्यहरुको सामूहिक चिहानका रुपमा पनि पुरातत्वविदहरुले लिने गरेका छन् । लुम्बिनी विकास कोषको स्वामित्वमै रहेको उक्त क्षेत्रलाई उत्खनन् , अन्वेषण र विकास गर्नुको साटो त्यहा क्रेनको सहायताले दर्जनौ ढुंगा बाहिर बाट ल्याएर थुपारिएको छ, घन् हानिदै छ, ढुंगाको धुलो उडाइदै छ । शाक्यहरुको चिहानमा ढुंगा बजारिएको छ ।

स्वीकृती नै छैन ः कोषको मातहतमा रहेको सगरहवाका ५८ विगहा जग्गा पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा छ । त्यहा केहि गर्नुपरे पूर्व स्वीकृती लिनुपर्ने छ । तर त्यहा लुम्बिनी विकास कोषले मूर्ति कार्यशालाका नाममा रक गार्डेन बनाएर पुरातात्विक स्थल खल्बल्याउने मात्र होइन त्यसको इतिहास र महत्व समेत नष्ट गर्न लागेको पुरातत्वविद भाष्करराज ज्ञवाली बताउछन् । “कोषले पुरातत्व विभाग संग यस सम्बन्धमा कुनै स्वीकृती लिएको छैन, अझ यहाँ केहि गर्नु अघि अनिवार्य रुपमा सम्पदा प्रभाव मूल्यांकन (ज्क्ष्भ्) अनिवार्य गर्नुपर्छ तर जर्बजस्ती गरिएको छ यो कोषको दादागिरी हो” ज्ञवालीले भने । लुम्बिनी विकासका कोषका एक सदस्यले स्वीकृती नलिएको स्वीकार्दै उपाध्यक्ष ल्यारक्याल लामा र अन्य सदस्यको समेत असहमति बाबजुद कोषाध्यक्ष भट्टराइले जर्बजस्ती कार्यशाला गरेको बताए ।

सित्तैमा भात, ५५ लाख झ्वाम ?ः कोषले सगरहवा मूर्ति कार्यशालाका लागि ३५ लाख बजेट विनियोजन गरेको छ । कपिलवस्तु नगरपालिका ५ लाख, कुमारी बैंक ५ लाख, पर्यटन डिभिजन कार्यालय रुपन्देहीले ५ लाख नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा अन्य संघ संस्थाले गरि कुल ५५ लाख रकम संकलन गरिएको छ । पुस २३ देखि माघ ८ गते सम्म चल्ने १५ दिने कार्यशालामा १५ जना मूर्तिकारले १८ वटा ढुंगामा मूर्ति कुदिने बताइन्छ । कोषाध्यक्ष भट्टराइले एउटा मूर्ति कुद्दा १ लाख ७५ हजार खर्च बताएका छन् तर त्यहि मूर्ति बाहिरबाट ल्याउदा १ लाख भन्दा पनि कम पर्ने स्थानीय मूर्तिकारहरुको दाबी छ । अझ ललितकला प्रज्ञा प्रतिष्ठान आफै आयोजक हुदाँ झन खर्च घट्नुपर्नेमा बढ्ेको पाइन्छ । यत्ति मात्रै होइन कार्यशालामा सहभागी मूर्तिकार तथा सहयोगी सबैलाई स्थानीय जगदीशपुर होमस्टेमा राखिएको छ । १३ वटा कोठा दैनिक ८ सयको दरले दिइएको होमस्टे संचालकले बताएका छन् ।
कोषका कोषाध्यक्ष भट्टराइले रकम अभाव भएको भन्दै मूर्ति कार्यशालामा सहभागीहरुलाई खानाको जोहो गर्न भन्दै स्थानीय संघ संस्था समेत गुहारेर सित्तैमा भात खुवाइरहेका छन् । पुस २९ गते देखि कार्यशालामा सहभागी ३० जनालाई खाना स्थानीयहरुले नै खुवाएको बताइन्छ । यति सबै समुदायले समन्वय गर्दा गर्दै पनि १० लाखमा सक्किने कार्यशालाको खर्च कसरी ५५ लाख पुग्छ भन्ने विषयमा स्थानीय समेत शशंकित छन् ।

कार्यशाला कमाउधन्दा ः लुम्बिनी विकास कोषले लुम्बिनीको गुरुयोजना अनुसारको काम बजेट अभावले भएको भन्दै रुन्छ । उत्खनन् संरक्षण र प्रर्बद्धनमा रकम छैन भन्दै गुर्हाने कोषका कोषाध्यक्ष आफै मूर्ति कार्यशाला भन्दै ढुंगा थुर्पान व्यस्त छन् । कोषको कोषाध्यक्ष हुनु अघि पनि भट्टराइले देवदहमा आफ्नै ड्रिम देवदह भन्ने संस्था मार्फत मूर्ति कार्यशाला राखेर राम्रै कमाई गरेका थिए । त्यसैको स्वाद फेर्न उनले जर्बजस्ती तत्कालिन उपाध्यक्ष अवधेश त्रिपाठीको कार्यकालमा मूर्ति कार्यशालामा बजेट राख्न लगाएका थिए । उनले १ बर्ष अघि कपिलवस्तुका खोलाबाट ठूला ढुंगा १ लाख १५ हजारमा त्यहा खसालेका थिए । कार्यशाला भन्दै विभिन्न स्थानबाट ५५ लाख संकलन गरेका उनले खर्च भने १० लाख पनि नगर्ने छाट देखिएको छ । मूर्तिकारहरुलाई होमस्टेमा सुताइएको छ, पालैपालो स्थानीय संस्थाले खाना खुवाइरहेका छन् । सोमबार जगदीशपुर होमस्टे, मंगलबार सामुदायिक विद्युत वितरण संस्था, बुधबार साना किसान कृषि सहकारी र विहिबार ताल कृषि सहकारी र जगदीशपुर जलाशय बहुसरोकार मञ्चले खुवाउने तालिका समेत बनाएका छन् । भट्टराईले थप रकम अभाव भएको भन्दै प्रदेश सांसद विष्णु पन्थी तथा केहि संघ संस्था संग रकम माग गरेका छन् । उनले कपिलवस्तु नगरपालिकामा गर्ने मूर्ति कार्यशालामा आफ्नै रुपन्देहीको ड्रिम देवदह संस्थालाई प्रर्बद्धक समेत राखेका छन् । जबकी कपिलवस्तुको प्राचिन विकासका लागि र्दजनौ संस्था क्रियाशिल छन् ।
कोषाध्यक्ष भट्टराईको रवैयाले भर्खरै उपाध्यक्ष नियुक्त भएको ल्यारक्याल लामा समेत आजित बनेका छन् । “ यो कोषाध्यक्षले डुबाउछ, जहाँ पनि पैसा माग्छ, जे पनि काम गर्छु भन्छ,यसैले गर्दा पुरातत्व विभाग सित लफडा सुरु भयो भनेकै मान्दैन” उनले अरु सदस्यहरुलाई भन्ने गरेका छन् । तत्कालिन पर्यटन मन्त्री प्रेम आलेले नियुक्त गरेका भट्टराई आफुलाई समाजवादीको नेता बताएपनि उनी एमाले उपाध्यक्ष विष्णु पौडेल, बासुदेव घिमिरे र विष्णु पन्थीका निकट्तम मानिन्छन् । यहाँका समाजवादीले भट्टराइलाई “ताक परे एमाले नत्र समाजवादी” भन्ने गर्छन् ।
सभार-जनास्था

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu