Connect with us
Kapilvast Forest

टूर्गानलाई लाग्यो चुनाव,अध्यक्षमा पुरी र देवकोटा, महासचिवमा भट्टराई र दुवाडी भिड्दै

२०८०, ४ माघ बिहीबारमा प्रकाशित

काठमाडौ- टूरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टूर्गान) को नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते निर्वाचन हुने भएको छ ।

टूर्गानको ३० औं वार्षिक साधारणसभासँगै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ कार्यसमिति चयनका लागि शनिवार मनोनयन दर्ताको समय तोकिएको टूर्गान सचिवालयले जनाएको छ ।

अध्यक्षका लागि थानेश्वर देवकोटा र कुमार पुरी प्रतिपर्धामा हुनुहुन्छ । देवकोटा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने पुरी महासचिव हुनुहुनुुहन्छ ।

यस्तै महासचिवमा वर्तमान कार्यसमितिका सदस्य टंक दूवाडी र निर्वतमान कोषाध्यक्ष शंकर भट्टराईले दाबेदारी प्रस्तुत गरेका छन् । टूर्गानमा १५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu