Connect with us
Kapilvast Forest

कपिलवस्तुमा समुदायमा काँग्रेस अभियान सुरु

२०८०, १६ माघ मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल
नेपाली कांग्रेस कपिलवस्तुले समुदायमा काँग्रेस अभियानको सुरुवात गरेका छ । जिल्लाको सबै वडामा एकैसाथ अभियानको सुरुवात गरिएको नेपाली काँग्रेस जिल्ला उपसभापती हुमकान्त खनालले जानकारी दिनुभयो ।
अभियानले नेपाली काँग्रेसको वर्तमान अवस्था, पार्टी गतिविधी र समिक्षाका लगायतका विषयमा अभियान सन्चालन गरिएको उपसभापती खनालले बताउनुभयो ।

अनुगमनका क्रममा शिवराज २ बालापुरको भेलालाई सम्बोधन गर्दे ेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापती अमर बहादुर पुनले पार्टीलाई मजबुद बनाउनु पर्नेमा जोड दिनुभयो । अहिले संघ, प्रदेश र स्थानिय तहमा काँग्रेसले नेतृत्व गरीरहेको हुदाँ पार्टीको कार्यकर्ताले लाभ लिनुपर्नेमा जोड दिनुभयो । अभियानलाई सफल बनाउन आफुहरु लागि परेको उहाको भनाई रहेको थियो ।

 

यसैविच नेपाली काँग्रेस शिवराज नगरपालिका नगर समितिले पनि अभियानलाई एक सात सबै वडामा सञ्चालन गरेको नगर सभापती मधु पोख्रेलले जानकारी दिनुभयो । समुदायमा काग्रेस अभियानको अनुगमन नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापती अमर बहादुर पुनले गर्नु भएको नगर सभापती पोख्रेलले बताउनुभयो ।

शिवराजमा वडा नं १ मा नेपाली काग्रेसका नेता गोविन्द केसीले जिम्मेवारी पाउनु भएको थियो । त्यसे गरी वडा नं २ मा केशब पाण्डे, वडा नं ३ मा मेघराज रेग्मी, वडा नं ४ मा विनोद नेपाल, वडा नं ५ मा इश्वरी पाण्डे, वडा नं ६ मा हरि प्रसाद पोखरेल, वडा नं ७ मा प्रेम बहादुर रायमाझी, वडा नं ८ मा हुमकान्त खनाल, वडा नं ९ मा मधु पोख्रेल, वडा नं १० मा जमशेद अली मियाँ र वडा नं ११ मा कलम केसी र पुजारी चौधरीले अभियानको सुरुवातको जिम्मेवारी पाउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu