Connect with us
Kapilvast Forest

साझा सपना र संकल्पले मात्रै देशलाई समुन्नत बनाउँछ : मन्त्री श्रेष्ठ

२०८०, १६ माघ मंगलवारमा प्रकाशित

हेटौँडा – बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले राष्ट्रको साझा सपना निर्माण गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टस क्लब नेपाल मकवानपुर शाखाद्वारा सहिद दिवस २०८० को सन्दर्भमा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्रको साझा सपना निर्माण गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले साझा सपना र साझा सङ्कल्पले मात्रै देशलाई समुन्नतिको बाटोमा अघि बढाउन सकिने बताए । उनले अबको नेपालको साझा सपना समावेशी समुन्नत नेपालको निर्माण गर्नु भएको पनि बताए । मन्त्री श्रेष्ठले अहिले साझा सपना निर्माण गर्न नसक्दा देशमा अलमलको अवस्था देखिएको भन्दै साझा सपना निर्माणका लागि दलीय स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले सहिद कुनै पार्टी, समुदाय, लिङ्ग, क्षेत्र र धर्म विशेषको नहुने बताए । उनले सहिद राष्ट्रको हुने र सहिदलाई कसैले पनि दलीयकरण गर्नु नहुने बताए । उनले बागमती प्रदेश सरकार सहिदका अधुरा सपना पुरा गर्न इमानदारीपूर्वक लागिरहेको र भविष्यमा पनि लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि सञ्चार क्षेत्र र सञ्चारकर्मीहरूको महत्वपूर्ण योगदान रहेको पनि बताए । उनले सञ्चार क्षेत्रलाई लोकतन्त्रको मेरुदण्ड र सञ्चारकर्मीलाई लोकतन्त्रको पहरेदारको संज्ञा दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu