Connect with us
Kapilvast Forest

पूर्वमन्त्रीको नेतृत्वमा दलित महिला महासंघ गठन, यस्तो बन्यो नयाँ कार्यसमिति

२०८०, १६ माघ मंगलवारमा प्रकाशित

काठमाडौँ – दलित महिलाहरुको मुद्दालाई सिंहदरबारसम्म पुर्‍याउने भन्दै पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला वि.क.को नेतृत्वमा दलित महिला महासंघ गठन भएको छ ।

मंगलबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री वि.कको अध्यक्षतामा ११ सदस्यीय दलित महिला महासंघ नेपालको गठन भएको हो । महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता समेत भएको छ । सातवटै प्रदेशका २८ वटा जिल्लाका दलित महिलाहरुले नेतृत्व गरेको ३६ वटा संस्था महासंघमा आवद्ध भएको अध्यक्ष वि.क.ले जानकारी दिइन् ।

महासंघको उपाध्यक्षमा आशा बि.क. महासचिव सरस्वती नेपाली, सचिव मिना परियार, कोषाध्यक्ष जसमाया गजमेर र सदस्यहरुमा अजिता पासवान, कविता नेपाली र धनमाया विश्वकर्मा रहेका छन् । त्यस्तै जुनि बि.क., पवित्रा नेपाली र मैना आछामी पनि महासंघको कार्यसमिति सदस्य रहेका छन् ।

अध्यक्ष वि.क.ले दलित महिलाहरु लिङ्ग, जात र वर्गका हिसाबले अझैपनि समुदायको पिँधमा रहेको उल्लेख गर्दै उनीहरुको अधिकारको वकालत गर्नका लागि साझा मञ्चको आवश्यकता भएकाले महासंघको गठन गरिएको जानकारि दिइन् । उनले हत्या, हिंसा र वलात्कारको घटनामा ७० प्रतिशत भन्दा बढी दलित महिलाहरु पीडित हुनुपरेको अवस्था भएपनि यसले सिंहदरबारलाई अझै छुन नसकेको बताइन् । दलित महिलाहरुको मुद्दा र मागलाई सिंहदरबारसम्म पु¥याउनका लागि महासंघले काम गर्ने उनको भनाई छ ।

दलित महिलाहरु विभिन्न पार्टी तथा गैरसरकारी संस्थाहरुमा विभक्त हुँदा अधिकारको लागि साझा रुपमा अघि बढ्न नसकिएकोले साझा मुद्दामा साझा रुपमा अगाडी बढ्न महासंघ आवश्यक भएको उनले बताइन् । अध्यक्ष वि.क.ले महासंघले दलित महिलाहरुको हितमा कानुन, योजना र बजेट तर्जुमाका लागि वकालत गर्ने पनि बताइन् । त्यसैगरी महिला आरक्षणभित्र दलित महिलाको अर्थपूर्ण प्रतिनिधित्वको लागि लड्ने पनि उनको भनाई छ ।

त्यस्तै महासंघकि सचिव मिना परियारले दलित महिलामाथि हुने गरेको हिंसाको विरुद्धमा महासंघले सडक संघर्ष समेत गर्ने बताइन् । उनले कानुनहरुलाई दलित महिलाको पहुँचयोग्य बनाउने, दलित महिला जनप्रतिनिधिहरुलाई सशक्तिकरण र नेतृत्व विकासका लागि महासंघले सहजीकरण गर्ने पनि जानकारि दिइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu