Connect with us
Kapilvast Forest

पाँचतारे होटलमा फड्को मार्दै होटल पौवा, नेपालगन्जमा शिलन्यास

२०८०, १८ फाल्गुन शुक्रबारमा प्रकाशित

नेपालगन्ज- होटल पौवाले नेपालगन्जमा पाँचतारे होटलको शिलन्यास गरेको छ ।

७ वर्ष अघि स्थापना भएको पौवाले आफ्नो १३ औं शाखाको रुपमा नेपालगंजको खजुरारोडमामा पाँच तोर होटलको शिलान्यास गरेको हो । नेपालगन्ज निर्माण सुरु गरिएको होटलमा मात्र पौवाकोे करिब १ अर्व लगानी हुने अनुमान गरिएको छ । ९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा लगायतको सुबिधा हुनेछ ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मुल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाकोे नेपालगन्जमा सञ्चलन हुने १३ औं शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुम उपलब्ध हुनेछन् ।नेपालगन्जमा संचालन हुने होटल निर्माणको काम २ वर्षमा सम्पन्न गरी ग्रहाकलाई सेवा दिइने होटल पौवा प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताउनुुभयो ।

नेपाली पर्यटन बजारको पश्चिमको मुल ढोकाको रुपमा रहेको नेपालगन्जको पर्यटन उद्योगलाई मध्यनजर गर्दै ५ तारे सुविधा सहितको होटल सञ्चालनको सुरुवात गरेको होटल पौवा प्रालीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताउनुभयो । उहाँले नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रयोग हुने छ भने होटलमा प्रवेश गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस् हुनेगरी होटलले सेवा दिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

होटल पौवाका संचालक समितिका सदस्य ध्रुवराज न्यौपानेले पौवाको सेवा लिने हरेक ग्राहकले नेपालीपनको महसुस् गर्ने र यसबाट विश्व पर्यटन बजारमा नेपाली आतिथ्यताको ब्राण्डिङ हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले २ वर्ष भित्र निर्माण सम्पन्न गरी सेवा दिने योजनाका साथ कार्य आरम्भ गरिएको जनाउँदै पौवा नेपाली हस्पिटालिटी भएको नेपालको एउटा मात्र समुह भएको दाबी गर्नुभयो ।

नेपालगन्जको यो होटल पौवाको पहिलो पाँच तारे होटल हुनेछ । पौवाका प्रबन्ध निर्देशक ज्ञवालीका अनुसार स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्टसहित होटल संचालनमा रहेको छ।

प्रबन्ध निर्देशक ज्ञवालीले होटल पौवाले यसै आर्थिक वर्षबाट चितवनको सौराहामा पनि सेवा सुरु गर्न लागेको जानकारी दिनुभयो । उहाँले यसै आर्थिक वर्षमा थप २ वटा शाखा थप गर्ने लक्ष्य राखिएको जनाउँदै कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको बताउनुभयो । यस्तै, गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu