Connect with us
Kapilvast Forest

सीमा क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीयबिच झडप, सात घाइते

२०८०, १९ फाल्गुन शनिबारमा प्रकाशित

झापाको पूर्वी नाका मेचीनगरको सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल–भारत सामान ओेसारपसार गर्ने स्थानीयबिच झडप हुँदा एक सशस्त्र प्रहरीसहित सात जना घाइते भएपछि तनाव सिर्जना भएको छ । घाइतेमध्ये सशस्त्र प्रहरीका सवारी चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै भारतबाट अवैध रुपमा सामान ल्याउँदै गर्दा सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरी भनाइ छ । प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि त्यसको प्रतिकारमा घटना भएको बताइन्छ ।

सशस्त्र प्रहरीले धारिलो हतियार प्रहार गरेको खुलेको छ । उपचारका लागि अस्पतालमा भर्ना भएका अधिकांश घाइतेहरुको शरिरमा धारिलो हतियारको चोट लागेको बिएण्डसि अस्पतालका चिकित्सकहरुले बताएका छन् । घाइतेहरुको बिएण्डसि अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका प्रहरी टोलीसँग स्थानीयको झडप भएको हो । धारिलो हतियार प्रहारबाट दीपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईं, दीपक बातर र आनह यादव घाइते हुनु भएको छ । उहाँहरुको हात र शरिरमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भएको छ । घटना लगत्तै घटनास्थल र आसपासको क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu