Connect with us
Kapilvast Forest

खुसीको खबर: अब किसानले सहुलियतमा मल पाउने

२०८०, २२ फाल्गुन मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुका कृषकहरुले सहुलियतम मल पाउने भएका छन । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध भएका कृषकहरुले सहुलियतमा मल पाउने सहकारीका अध्यक्ष बाल कृष्ण पाण्डेयले जानकारी दिनुभयो ।

हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र ग्रो मोर फर्टिलाईजर एण्ड केमिकल प्रालिबिच भएको सम्झौता अनुसार कृषकहरुले सहुलियतमा मल पाउने अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिका वडा नं. ११, कालिकानगर रुपन्देहीमा प्रधान कार्यालय रहेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. र रोहिणी गाँउपालिका वडा नं. ४, रुपन्देहीमा रहेको ग्रो मोर फर्टिलाईजर एण्ड केमिकल प्राली बिच एक कार्यक्रम आयोजनामा सम्झौता भएको हो ।
ग्रो मोर फर्टिलाईजर एण्ड केमिकल कम्पनीबाट उत्पादित जैविक मल सहकारी संस्थाका कृषक सदस्यहरुलाई बिक्री बितरण गर्ने सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा सहकारी संस्थाका तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेय तथा सो कम्पनीका तर्फबाट अध्यक्ष सिद्धार्थ अग्रवालले हस्ताक्षर गर्नु भएको हो ।
सहकारी संस्थाका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित भई आफ्नो कृषी जन्य उत्पादन बृद्धि गर्न सक्ने जानकारी सो कम्पनीका अध्यक्ष सिद्धार्थ अग्रवालले जानकारी गराउनुभयो ।

लुम्बिनी प्रदेशको ६ जिल्ला नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके र बर्दिया कार्यक्षेत्र रहेको यस संस्थाको १ प्रधान कार्यालय सहित ५ सदस्य सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

संस्थामा हाल १५ सय ७ सदस्यहरु आवद्ध रहेका छन । संस्थाकोे शेयर पुँजी रु.४ करोड ६५ लाख ८१ हजर रहेको छ । बचत रु.२ करोड ६३ लाख ८९ हजार संकलन रहेको छ ।

संस्थाले कुल २ सय ५५ जना सदस्यहरुलाई रु.५ करोड ३६ लाख ,३५ हजार ८ सय ६७ रुपैयाँ कर्जा लगानी गरेको जानकारी संस्थाका अध्यक्ष बालकृष्ण पाण्डेयले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu