Connect with us
Kapilvast Forest

त्रिशूली बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो

२०८०, २३ फाल्गुन बुधबारमा प्रकाशित

धादिङ । लुम्बिनीबाट काठमाडौ जादै गरेको बस त्रिशूली नदीमा बस खस्दा ७ जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार बसमा सवार ३३ जनाको उद्धार गरिएको छ।

धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा लुुम्बिनीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस आज बिहान करिब ५ बजे त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन । ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

मृतकको सनाखत हुन बाँकी छ ।

बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu