Connect with us
Kapilvast Forest

नेपालगन्जका सरसफाइकर्मीलाई क्रिएसन नेपालकाे  तालिम

२०८०, २३ फाल्गुन बुधबारमा प्रकाशित

नेपालगन्ज । क्रिएसन नेपालले नेपालगन्ज उपमहागरपालिकामा कार्यरत सरसफाइकर्मीहरुलाई क्षमता अभिबृद्धि तालिम दिएकाे  छ।

वाल्मीकि समाजका करिव ३० भन्दा बढी सदस्यहरुलाई तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिस्टले सरसफाइकर्मीहरुको संस्थागत क्षमता अभिबृदि संगै उनिहरुको छोराछोरीको शिक्षा, स्वास्थ्य र स्वरोजगार सहित आर्थिक र समाजिक सबलीकरण गर्न आफनो तर्फबाट पुर्ण सहयोग रहने प्रतिबधता ब्यक्त गरे।

उनले क्रीएसन नेपालले नेपालगन्जमा कार्यरत रहेका सफाइकर्मीहरुको लागि गरिरहेको प्रयासको प्रशंसा गर्दै अगामी दिनमा सहकार्य गर्ने बताए ।

उनले सरसफाइकर्मीहरु हाम्रा समाजका योद्धा भएको बताए ।सहजकर्ता अनिल चित्रकारले बालमिकि समाजका सदस्यहरुको संस्थागत, ब्यक्तिगत र सामुहिक क्षमताको पहिचान गरेर त्यसलाई एक एक गर्दै बिस्तारै अगाडि बढनु पर्ने बताए । चित्रकारले वाल्मीकि समाजको बर्तमान अबस्था, भबिस्यको योजना, नेशनल र इन्टेरनेशनल संजाल निर्माण संगै श्रोत र साधनको पहिचान गरि संस्थागत र सामुहिक रुपमा सरोकारबाला संग पैरबी गरेर जानू पर्नेमा जोड दिए ।

वाल्मीकि समाजका अध्यक्ष जगदिस बाल्मिकीले सरसरफाइकर्महरुको पुर्ण अधिकार सुनिश्चित गर्नका लागि सबै पक्षको सकारात्मक सहयोग हुनु पर्नेमा जोड दिए ।

उक्त अबसरमा सफाइकर्मीहरुले आफुले भोगेका समस्या, पीडा र भोगाइ खुलेर साझा गरेका थिए ।त्यसैरी, क्रीएसन नेपालका अनुसन्धान प्रबन्धक प्रतीक बज्राचार्यले अगामी ७ महिनासम्म क्रीएसन नेपालले विभिन्न गतिबिधी संचालन गर्ने जानकारी गराउदै यसले वाल्मीकि समाजको संस्थागत क्षमता संगै सदस्यहरुको जीवनमा परिवर्तन हुने बिश्वास ब्यक्त गरे ।

क्रीएसन नेपालले अन्तर्राष्ट्रिय सफाइकर्मी सन्जालको (आइ. ए. डब्ल. पि.) र इयुको सहयोगमा देशैभरी विभिन्न स्थानिय तहसंंग मिलेर सरसफाइकर्मीहरुको क्षेत्रमा कार्य गर्दै आइ रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu