Connect with us
Kapilvast Forest

त्रिशूली बस दुर्घटनामा मृत्यु भएका सात जनाकाे पहिचान (नामावली)

२०८०, २३ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं- धादिङकाे गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका ज्यान गुमाएका सबैको सनाखत भएको छ ।

रूपन्देहीबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार बिहान ५ बजे दुर्घटना भएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।

यस्तै दुर्घटना हुदाँ बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३९ जना घाइते छन् । घाइतेकाे काठमाडौमा उपचार भईरहेकाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu