Connect with us
Kapilvast Forest

स्वास्थ्य शिविरमा शिवराज -४ का १८७ जना लाभान्वित

२०८०, २९ फाल्गुन मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल । फागुन २९ ।
कपिलवस्तुको शिवराज नगरपालिका ४ मा सन्चालन भएको स्वास्थ्य शिविरमा १ सय ८७ जनाले सेवा लिएका छन् ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र चनईको आयोजनामा भएको शिविरमा वडाका हाडजोर्नी नसारोगबाट पीडित विरामीहरुले सेवा लिएका थिए ।

शिविरमा कपिलवस्तु अस्पताल तौलिहवाका डाक्टर अजय चौधरीले विरामीहरुलाई चेकजाँच गरेको वडा अध्यक्ष नसिम अहमद खाँले जानकारी दिनुभयो ।

शिविरमा ढाड कम्मर, जोर्नी दुख्ने, झम्झमाउने, सुन्निने, हातखुट्टा भाचिएको, जोर्नीमा मासु पलाएको विरामीहरुले सेवा लिएको अध्यक्ष खाँले बताउनु भयो ।

वडामै राम्रो सेवा पाएपछि विरामीहरु खुसी भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu