Connect with us
Kapilvast Forest

आठ लाखभन्दा बढी विदेशीले नेपालमा आँखाको उपचार गराए

२०८०, १५ चैत्र बिहीबारमा प्रकाशित

क्यान्सर, मुटु, मिर्गौलालगायतका जटिल रोगको उपचारका लागि नेपालबाट बिरामी विदेश जाने गर्छन् तर आँखाको उपचारका लागि भने ठुलो सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् ।

नेपाल नेत्रज्योति सङ्घका अनुसार एक वर्षमा आँखा उपचारका लागि आठ लाखभन्दा बढी विदेशी नेपाल आएका छन् । नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले सङ्घ अन्तर्गतका अस्पतालमा उक्त सङ्ख्यामा विदेशी बिरामी उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । हाल सङ्घ अन्तर्गत २८ वटा आँखा अस्पताल र १५६ आँखा उपचार केन्द्र सञ्चालनमा छन् । तीमध्ये नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतका मेची आँखा अस्पताल, विराटनगर आँखा अस्पताल, गेटा आँखा अस्पताल, सगरमाथा चौधरी आँखा अस्पताललगायतका आँखा अस्पतालमा उपचारका लागि विदेशी आउने गरेका छन् ।

डा. मिश्रका अनुसार सन् २०२३ मा मात्र आठ लाख पाँच हजार ३१६ जना विदेशी नागरिकले आँखाको उपचार गराएका छन् । तीमध्ये एक लाख ६१ हजार ५७४ जना विदेशीको शल्यक्रिया भएको छ ।

कार्यकारी निर्देशक डा. मिश्रले नेपालमा आँखा उपचार गराउन आउने विदेशीमध्ये ९० प्रतिशत भारतीय रहेको बताउनुभयो । उहाँले बाँकी १० प्रतिशत भने बङ्गलादेश, श्रीलङ्का, म्यान्मार, थाइल्यान्डलगायतका देशबाट आँखाको उपचार गर्न आउने गरेको बताउनुभयो ।

सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले थाइल्यान्डबाट समेत नेपालमा आँखा उपचारका लागि बिरामी आउन थालेको जानकारी दिनुभयो । डा. पन्तले थाइल्यान्डमा एक लाख ५० हजार रुपियाँ पर्ने सर्जरीलाई नेपालमा १४ हजारमा हुने गरेको जानकारी दिनुभयो । उहाँले नेपाललाई आँखा स्वास्थ्यको क्षेत्रमा उपचार पर्यटन (मेडिकल टुरिजम) को प्रबल सम्भावना रहेको जानकारी दिनुभयो । सरकारको सहयोग भएमा नेपालमा आँखा उपचारमा अब्बल बनाउन सकिने बताउनुभयो ।

कार्यकारी निर्देशक डा. मिश्रले कर्णाली प्रदेशमा सञ्चालित एकीकृत आँखा तथा कान परियोजनामार्फत सन् २०२३ सम्ममा कर्णाली प्रदेशका दूरदराजमा पुगेर छ हजार जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu