Connect with us
Kapilvast Forest

गगन थापा भोली कपिलवस्तु आंउदैं

२०८०, १५ चैत्र बिहीबारमा प्रकाशित

कपिलवस्तु -नेपाली काँग्रेस महामन्त्री गगन थापा भोली (शुक्रवार) कपिलवस्तु आउनुहुने भएको छ । दोस्रो चरणको संवाद यात्राको अवसरमा महामन्त्री थापा कपिलवस्तु आउने कार्यक्रम तय भएको हो ।

विहिवार नवलपरासीको गौरीगंजवाट सुरु भएको संवाद यात्रा भोली कपिलवस्तु आउने नेपाली कांग्रेसका जिल्ला सभापति अव्दुल कलामले जानकारी दिनुभयो । महामन्त्री थापाले कपिलवस्तुका चार ठांउमा आयोजना भएका कार्यक्रममा संवाद गर्ने कांग्रेस उपसभापति हुमाकान्त खनालले जानकारी दिनुभयो ।

कपिलवस्तुको लवनी ,पार्टि कार्यालय तौलीहवा , महाराजगंज र चन्द्रौटामा कार्यक्रम आयोजना गरिएको उपसभापति खनालले वताउनुभयो । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसंग छलफल गर्ने र उनीहरुका समस्या सुन्ने वताईएको छ ।

कार्यक्रममा आफुले वोल्ने भन्दा पनि स्थानीयका कुरा सुन्ने विकासे आयोजनाको निरीक्षण गर्ने, स्थानीयको घरदैंलोमा पुग्ने योजना रहेको पार्टि सचिव प्रेम वहादुर रायमाझीले वताउनुभएको छ । जिल्लाको शिवराज नगरपालिका चन्द्रौटामा भोली सुक्रवार दिउंसो ४ वजे देखि ६ वजे सम्म कार्यक्रम हुने कांग्रेस शिवराजले वताएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu