Connect with us
Kapilvast Forest

युएईद्वारा गाजाका महिला तथा बालबालिका लागि सहायता प्रदान

२०८०, १९ चैत्र सोमबारमा प्रकाशित

संयुक्त अरब इमिरेट्सले ’अपरेसन चिभालरस नाइट–३’ मार्फत प्यालेस्टिनी जनताका लागि युएईको निरन्तर मानवीय सहयोगको अर्को अंशको रूपमा गाजाका महिला तथा बालबालिका लागि तयार पारिएको सहायता प्याकेजहरू प्रदान गरेको छ ।

एमिरेट्स रेड क्रिसेन्ट (ईआरसी) का महासचिव हमौद अब्दुल्लाह अल जुनैबीले बालबालिका तथा महिलाहरूका आधारभूत आवश्यकता पूरा गर्न सहायता प्याकेज तयार गर्न सहयोग प्रक्रिया चिवालरस नाइट–३ चलिरहेको जनाउनुभएको छ । सहायता प्याकेजहरूले मानवीय राहत प्रयासहरू उत्तरी क्षेत्र केन्द्रित गर्दै गाजा पट्टीमा पठाइएको खाद्य सहायताले पीडितको जीवन जिउन सहजता प्रदान गर्ने उहाँले बताउनुभयो ।

एमिरेट्स न्युज एजेन्सी (डब्लुएएम) सँग कुरा गर्दै अल जुनैबीले सहायता वितरण गाजामा मानवीय सहायताका लागि युएईले सुरु गरेको राहतको अर्को अंश भएको उल्लेख गर्नुभयो । यो सहायता विमानबाट खाद्यान्न झार्ने र रफाहा सीमाबाट प्रवेश गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu