Connect with us
Kapilvast Forest

कपिलवस्तुमा हुने ईद मिलन कार्यक्रमको उदघाटन मुख्यमन्त्री महराले गर्ने

२०८०, २८ चैत्र बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
धर्मावलम्बीको पर्व ईद उल फित्र (ईद) को अवसरमा बिहीबार कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा इद मिलन कार्यक्रम हुने भएको छ ।

ईद मिलन कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले गर्नु हुने भएको छ ।

मुस्लिम समाज शिवराज नगरपालिकाको आयोजनामा हुने इद मिलनमा जिल्ला तथा प्रदेशका विशिष्टि व्यक्तिहरुको आगमन हुने युवा नेता रहिस शाहले बताउनुभयो ।

चन्द्रौटा चोकमा हुने उक्त कार्यक्रममा सम्पूर्ण तयारी पूरा भएको आग्रह बताउनु भयो ।

यस अवसरमा भोली सरकारले सार्वजनिक बिदा दिएको छ । ईद, इस्लामिक धर्मावलम्बीको सबैभन्दा ठूलोमध्येको एक पर्व हो ।

यो पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यमा मनाउने गरिन्छ । यो एक महिनासम्म इस्लाम धर्मावलम्बीले दिनमा पानी समेत नखाइ कठोर व्रत बस्ने गर्दछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu