Connect with us
Kapilvast Forest

धर्मको बारेमा सामाजिक संजालमा जथाभावी नलेखौ: मुस्लिम आयोग

२०८०, ३० चैत्र शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
नेपाल मुस्लिम आयोगले धार्मिक सदभाव खल्बलिने किसिमको कुनैको सामग्री सामाजिक सन्जालमा नराख्न आग्रह गरेको छ ।

नेपाल एक बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त मुलुक भएकाले कसैले कसैको बारेमा नकारात्मक टिप्पणी नगर्न मुस्लिम आयोग आग्रह गरेको हो ।

फेसबुकमा भ्रामक तथा कपोकल्पित सामाग्री पोष्ट गरेको भन्दै आयोगले प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।

सामाजिक सन्जाल फेसबुकमा कमलनारायण दासको नामबाट मुस्लिम समुदायको पवित्र रमजान महिनामा पर्ने रोजालाई इङ्गित गरी मुस्लिम समुदाय, इस्लाम धर्म र इस्लाम धर्मका प्रवर्तक समेतलाई अनादर र अपमानित गर्ने नियतले झुट्ठा, भ्रामक तथा कपोकल्पित सामाग्री पोष्ट गरेको भन्दै प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक र धार्मिक सद्भाव खल्वल्याउने प्रयास भएको देखिएकाले उक्त कार्यप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ।

बेलावेला केही उश्रृङ्खल व्यक्तिहरुले नेपालीहरुवीच सदियौंदेखि चलिआएको धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव खल्बल्याई समाजमा अशान्ति फैलाउने उद्देश्यले मुस्लिम समुदायका धार्मिक धरोहरमाथि प्रहार गर्ने कार्यले आयोगलाई दुःखीत रहेको विज्ञप्तिमा लेखिएको छ।

प्रेस विज्ञप्तिमा केही व्यक्तिहरुले विचार र अभिव्यक्तिको स्वतन्त्रताको गलत वकालत गर्दै मुस्लिम सुदायको धार्मिक, सामाजिक र साँस्कृतिक पक्षहरुमा निरन्तर आक्रमण गरी जातीय वा साम्प्रदायिक विद्वेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायवीचको सु-सम्बन्धमा खलल पर्ने कार्य गर्दै आएको लेखिएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताको वर्खिलाप हुन जान्छ। त्यसैले यस्ता गतिविधि निरुत्साहित गर्दै धार्मिक, सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

मुस्लिम समुदायको धार्मिक आस्थामाथि दुष्प्रचार गर्ने उक्त व्यक्ति उपर आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा पत्र लेखि पठाइएको प्रेस विज्ञप्तीमा लेखिएको छ ।

प्रेस विज्ञप्ति

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu