Connect with us
Kapilvast Forest

रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित

२०८१, २ बैशाख आईतवारमा प्रकाशित

सरकारले आगामी आर्थिक वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चित गरी रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सुरु गरेको छ । आइतबार सिंहदरबारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी सिजनका लागि रासायनिक मलको विषयमा गरेको छलफलमा यसबारेमा जानकारी गराएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानहरुलाई रासायनिक मलको अभाव हुन नदिनका लागि आगामी वर्षको बजेटमा १५ अर्बको स्रोत सुनिश्चित गरी मल खरिदका लागि टेण्डर प्रक्रियामा गएको बताएको छ । मन्त्रालयले किसानहरुलाई खेतीको सिजनमा रासायनिक मलको अभाव हुन नदिने उद्देश्यले बजेट अगावै स्रोत सुनिश्चित गरी रासायनिक मल खरिद प्रक्रिया सुरु गरिएको जनाएको हो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले आगामी वर्षका लागि १५ अर्बको स्रोत सुनिश्चिता गरेर रासायनिक मल खरिदको टेण्डर प्रक्रियामा गएको बताउनुभयो । सचिव शर्माले १५ अर्ब रकम स्रोत सुनिश्चित गरी दुई लाख ६० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

उहाँले गहँुका लागि आवश्यक मल खरिदका लागि बजेट कुर्दा प्रक्रिया ढिला हुने भएकाले बजेट अगावै स्रोत सुनिश्चि गरेर टेण्डर गरिएको बताउनु भयो । समयमा नै मल आवश्यक भएकाले अर्थ मन्त्रालयको स्वीकृतपछि टेण्डर गरिएको बताउनु भयो ।
सचिव शर्माले यो वर्ष पनि रासायनिक मलको अभाव नहुने दाबी गर्नुभयो । उहाँले अहिले ५१ हजार मेट्रिक टन डीएपी आयात भइरहेको ९० हजार मेट्रिक टन युरिया मल हुँदा यो वर्षलाई पुग्ने बताउनु भयो । उहाँले सरकारसँग युरिया मल पर्याप्त मात्रामा मौज्दात रहेको बताउनु भयो ।

सचिव शर्माले दुई लाख १० हजार मेट्रिक टन युरिया, ९७ हजार ८६५ डीएपी र १३ हजार ९५१ पोटास गरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल आयात भइरहेको जानकारी दिनुभयो । उहाँले सरकारसँग युरिया ७५ हजार ९६६, डीएपी १६ हजार ८३५ र पोटास ६२३४ मेट्रिक टन मौज्दात रहेको दाबी गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा युरिया एक लाख ७६ हजार, डीएपी एक लाख आठ हजार ७९७ र पोटास नौ हजार मल वितरण गरिएको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu