Connect with us
Kapilvast Forest

जापानमा जनावरमाथिको दुर्व्यवहारका घटनामा वृद्धि

२०८१, २ बैशाख आईतवारमा प्रकाशित

japan

जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ । प्रहरीका अनुसार गत वर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो वर्षको १५ बाट बढेर १८१ पुगेको छ ।

‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लङ्घन गरेको आरोपमा सन् २०२३ मा त्यहाँ १८१ मुद्दा दर्ता भएका थिए । उक्त ऐनले जनावरलाई क्रूर र अनुपयुक्त व्यवहार गर्नबाट प्रतिबन्ध लगाएको छ ।

सन् २०१० देखि सङ्कलन गर्न थालिएको तथ्याङ्क अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च होे ।

दुर्व्यवहारका घटनामध्ये ९७ वटा बिरालो र ६५ वटा कुकुर रहेका थिए भने कुखुरा, लोखर्के, खरायो, गाई, घोडा, कछुवालगायत रहेका उल्लेख गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu