Connect with us
Kapilvast Forest

दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने शिक्षामन्त्री सुमनाको निर्णय

२०८१, ४ बैशाख मंगलवारमा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरु दलमा आवद्ध भएको प्रमाणित भए कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । शिक्षकहरु दलको सदस्यता लिएका, पार्टीको कार्यकारिणी समितिमा बसेका, महाधिवेशन प्रतिनिधि भएको भन्दै मन्त्रालय मातहतका विभिन्न निकायमा उजुरी परेका छन् ।

तर ती उजुरीहरुमाथि कारबाही प्रक्रिया अघि बढेको छैन । मंगलबार विहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रमाणसहित परेका उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार प्राप्त उजुरीहरुलाई अध्ययन गर्ने र प्रमाणित भए कारवाही गर्ने निर्णय भएको हो । दाहालले भने, ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत उजुरीहरु शिक्षा विकास तथा समन्वय इकाइ पठाएर अध्ययन गर्ने र प्रमाणित भए कारवाही प्रक्रियामा लाने निर्णय भएको छ ।’

जहाँ उजुरी परेको भएपनि प्राप्त उजुरी तथा प्रमाणहरु सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने, इकाइले सम्बन्धित पालिका तथा विद्यालयलाई कारवाहीको लागि सिफारिस गर्ने मन्त्रालयले जनाएको छ ।

अहिले सामान्य आचरण तथा सचेत गराउनुपर्ने अवस्थाकालाई विद्यालय व्यवस्थापन समितिले र बर्खास्त गर्नुपर्ने भए प्रदेशको शिक्षा विकास निर्देशनालयले गर्ने कानुनी व्यवस्था छ । मन्त्रालयले यो कानुनी व्यवस्था उल्लेख गरेर छिट्टै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गर्ने निर्णय भएको प्रवक्ता दाहालले बताए । उनले भने, ‘हामी त्यही अनुरुप केन्द्रलाई पत्राचार गर्ने तयारीमा छौं ।’

शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा (५) को देहाय खण्ड (छ) र शिक्षा नियमावली, २०५९ को नियम १३८ को उपनियम (१) मा शिक्षकहरु दलको कार्यकारिणी समितिको सदस्य रहेमा पदबाट हटाउने व्यवस्था छ ।

मन्त्रालय स्रोतले भने मन्त्रालयमा प्रमाणसहित उजुरी परेका १० भन्दा बढी शिक्षकलाई पदबाट हटाउन प्रक्रिया अगाडि बढाउन निर्देशन दिने तयारी गरेको बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu