Connect with us
Kapilvast Forest

ओडिएफ घोषणा भएको ५ बर्षपछि विजयनगरले नागरिकलाई सास्ती दिदै

२०८१, ४ बैशाख मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तुको विजयनगर गाउँपालिकाले हतार हतारमा गरेकाे निर्णयले जनतालाई सास्ति खेप्नु परि रहेकाे छ । गाउँपालिकालाई कागजमा गरेकाे खुल्ला दिसा मुक्त अहिले कार्यनयन गर्न हम्मेहम्मे परेकाे छ ।

कागजमा गरेकाे निर्णय कार्यनयन गराउन अहिले विजयनगर गाउँपालिकाले पुलिस प्रशासनकाे डरत्रास देखाई रहेकाे छ ।

गाउँपालिकाले १ घर १ चर्पिकाे नारा सहित खुल्ला दिसामुक्त अभियान सुरू गरेकाे थियाे । चर्पि बनाउन रिङ्ग र सिट पनि दिएकाे थियाे । तर त्याे सिट र रिङ्ग किन प्रयाेगमा अाएन भने ५ बर्ष पछि खाेज्न सुरू गरेकाे छ ।

खाेज्दै जादा गरिब जनतालाई सास्ति दिदै गाउँपालिकाले अहिले सरसफाईकाे नाममा खुला ठाउँमा शाैच गर्ने जनतालाई पुलिसमा पक्राऊ गर्न लगाएर १ हजार देखि ५ हजार सम्मा जरिवाना तिर्न लगाएकाे छ ।

अाज विहाना गाउँपालिकामा खुला ठाउँमा शौच गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियाे । गाउँपालिका र प्रहरीसहितको टोलीले मङ्गलवार बिहान ५ बजेदेखि बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचन गर्न छड्के अनुगमन गरेको थियो ।

पालिकाकाे वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा रहेको टोलीले पाँच वडामा अनुगमन गरेको थियो । प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १,२,५,६ र ७ का रहेका वास संयोजक बेल्बासेले बताउनुभयो ।

नियन्त्रणमा पर्नेमा ३ जना भारतीय नागरिक छन् । उनीहरू पाहुना बन्न विजयनगर आएका थिए । नियन्त्रणमा लिएकालाई शौचालय निर्माण र प्रयोग गर्ने कागज गराईं वडाध्यक्षको जिम्मा लगाउने बताइएको छ ।

पालिकाले वैशाखदेखि पूर्ण सरसफाइ कार्यान्वयन गरी खुला दिसा मुक्त बनाउन अभियानको रूपमा अगाडी सारेकाे छ । तीन महिनासम्म समुदायमा सचेतना अभियान, शौचालय निर्माणको अभियान सञ्चालन गर्दै वैशाखदेखि अटेरी गर्नेलाई कारबाही गर्ने योजना अगाडि सारेको थियो ।

हप्तामा एक दिन छड्के अनुगमन गरी शौचालय प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउने पालिकाले जनाएको छ । पालिकाले सरसफाइ कार्यविधि निर्माण गरी खुला दिसा गर्नेलाई १ हजारदेखि ५ हजार रकम जरिवाना तोकिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu