Connect with us
Kapilvast Forest

जनकपुरमा रामनवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा

२०८१, ५ बैशाख बुधबारमा प्रकाशित

मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा आज जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीडभाड छ ।

रामनवमीको अवसरमा जानकी मन्दिरले दिउँसो जन्मआरती बधाई गान र रातिमा समेत बधाई गान हुने सह महन्त रामरोशन दासले बताए ।

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरुले पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu