Connect with us
Kapilvast Forest

गीतकार लोकराज आइएसएसए अवार्डमा मनोनीत

२०८१, ५ बैशाख बुधबारमा प्रकाशित

गीतकार लोकराज अधिकारी छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको पुरुष गीतकारतर्फ मनोनयनमा परेका छन् । अमेरिकाको एटलान्टामा आगामी २४ अगस्टमा ‘इन्टरनेसनल सिइगर सङ राइटर्स एसोसिएसन’ले अवार्ड आयोजना गर्दै छ ।

आयोजकले सोमबार आधिकारिक रूपमा विभिन्न ४६ विधामा मनोनयनमा परेकाहरूको नाम सार्वजनिक गरेको हो । जसमा नेपालबाट अधिकारी मात्रै मनोनयनमा छन् ।

अधिकारीले रचना गरेको ‘यस्तो भा’छ मलाई त …’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा प्रताप दास र शान्ता जिसीको स्वर छ । यस विधामा अधिकारीसँगै ६८ जना मनोनयनमा छन् ।

गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिंगो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा यो मनोनयनलाई लिएको बताए । अवार्डका लागि भोटिङमार्फत टप २० को छनोट हुनेछ । आगामी ३० अप्रिलसम्म इलेक्ट्रोनिक भोटिङ खुला हुने र अन्तिम प्रतिस्पर्धीको घोषणा २ मेमा हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu