Connect with us
Kapilvast Forest

कतारका राजा पहिलोपटक नेपालको राजकीय भ्रमणमा आउँदै

२०८१, १० बैशाख सोमबारमा प्रकाशित

काठमाडौ- कतारका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर थानी बैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गर्नेछन् । सो अवसरमा राष्ट्रपति पौडेलले अमिरको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्नेछन् ।

त्यस्तै थानीले बैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

अमिर थानी बैशाख १२ गते आफ्नो भ्रमण पुरा गरि स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu