Connect with us
Kapilvast Forest

गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

२०८१, १० बैशाख सोमबारमा प्रकाशित

गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको प्रहरीको भनाइ छ ।

आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेल बताए । परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएको उनले बताए ।

आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, समेत जली घर पूर्ण रुपमा क्षति भएको छ । गुल्मीमा पछिल्लो एक सातामा आगलागीबाट झण्डै १०० घरगोठ र त्यत्तिकै संख्यामा पशु चौपाया मरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu