Connect with us
Kapilvast Forest

शिवराजमा किताब खरिद गर्न दवाब, कस्तो निशुल्क शिक्षा ?

२०८१, १० बैशाख सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको समुदायिक विद्यालयले अभिभावकलाई किताब खरिद गर्न दवाव दिएको छ । भर्ना अभियान चलेकै समयमा अभिभावकलाई अंग्रेजी किताव खरिद गर्न दवाब आएको छ । निशुल्क शिक्षा लागु गरिएको नगरपालिकामा अंग्रजी कक्षा सञ्चालनका लागि किताब खरिद गर्न अभिभावकलाई दवाव दिएको शिवपुरको एक अभिभावकले जानकारी दिनुभयो ।

निशुल्क शिक्षा लागु गरिएको नगरमा कुनै पनि बहानामा शुल्क लिन नपाईने भएपनी सामुदायिक विद्यालयले अंग्रेजी किताब खरिदका लागि विद्यार्थी र अभिभावकलाई दवाव दिइएको अभिभावकको गुनासो रहेको छ । अंग्रेजी माध्यमको कक्षा सञ्चालन लागि लाग्ने खर्चको बारेमा नगरपालिका र शिक्षा समिति समेत मौन बसेको छ ।

नेपाल सरकारले उपलब्ध गराउन अंग्रेजी माध्यमकोे पाठयपुस्तक निशुल्क रहेको छ तर विद्यालयले अन्य पब्लीकेशनको पुस्तक खरिद गर्न लगाएको एक अभिभावकले बताउनुभयो । समुदायिक विद्यालयहरुले कमिसन लिने चक्करमा नेपाल सरकार बाहेकको अन्य पब्लीकेशनको किताब खरिद गर्न अभिभावकलाई दवाव दिने गरेको पाइन्छ । यस क्षेत्रका पुस्तक पसलले समेत महागोमा पुस्तक बेच्ने गरेका छन ।

शिवराज नगरपालिकाको मिति २०८० चैत्र १६ गते प्रकाशित सुचना अनुसार नगरका सबै सामुदायिक विद्यालयहरुमा अनिवार्य अग्रेजी माध्यममा तल्लो कक्षा देखी सञ्चालन गर्न पत्रचार गरीएको थियो । सोही पत्रलाई आधार मानेर नगरका सामुदायिक विद्यालयले तल्लो कक्षा अंग्रेजी माध्यमको सुरुवात गरी पाठयक्रम खरिद गर्न अभिभावकलाई दवाद दिइएको बताएका छन ।

 

अंग्रेजी माध्यमामा कक्षा सञ्चालनको आदेश भएपनि पाठयपुस्तक खरिदको सम्बन्धमा कुनै पनि निणर्य नभएको शिक्षा शाखा प्रमुख दिनेश चौधरीले बताउनु भयो । सरकारले ट्रन्सलेट गरेको अंग्रजी किताब निशुल्क दिने गरेको शिक्षा शाखा प्रम्ख चौधरीले बताउनुभयो ।

केही समुदायिक विद्यालयमा अन्य पब्लीकेशनको किताब खरिद गर्न लागेको गुनासो आएकाले अनुगमन गर्ने बताउनु भयो । सरकारले ट्रन्सलेट गरेको अंग्रजी किताब निशुल्क हुदाँहुदै विद्यालयले अन्य पब्लीकेशनको किताव खरिद गर्न लगाउनु आर्थिक चलखेल हुन सक्ने स्थानियले शंका गरेका छन ।

शिवराज नगरपालिकाले निशुल्क शिक्षाको लागि चालु आर्थिक बर्षमा ८ करोड ३२ लाख रकम विनियोजन गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu