Connect with us
Kapilvast Forest

डिभीको नतिजा आउदै, कसरी हेर्ने (लिंकसहित)

२०८१, २२ बैशाख शनिबारमा प्रकाशित

काठमाडौँ – अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउदै छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

डिभी २०२५ को मे ४ को न्युयोर्क समय अनुसार  मध्यान्ह १२ बजेदेखि अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सक्ने जनाएको छ ।

विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२५ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।

गत अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । डिभी २०२५ का आवेदकहरुलाई कम्तीमा सन् २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu