Connect with us
Kapilvast Forest

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी,बौद्ध शिक्षाको सान्दर्भिकतामा छलफल

२०८१, २२ बैशाख शनिबारमा प्रकाशित

लुम्बिनी- लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा आजबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना सुरु भएको छ ।

दुई दिनसम्म चल्ले गोष्ठीमा विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकतामा छलफल हुदैछ ।

यस्तै गोष्ठीमा विभिन्न देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

विश्वभरका मानिसहरु वातावरणीय सङ्कट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक रोग जस्ता विभिन्न प्रकारका समस्याबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट विशेषगरी बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको बौद्ध अध्ययन सङ्कायका डीन डा.माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।

गोष्ठीमा नेपालसहित श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, पोर्चुगल र फ्रान्सलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu