Connect with us
Kapilvast Forest

दाङ र गुल्मीका दुई पालिकाका अग्नि पीडितलाई काठमाडौँ महानगरको सहयोग

२०८१, २२ बैशाख शनिबारमा प्रकाशित

काठमाडौ – काठमाडौँ महानगरपालिकाले दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई राहत स्वरूप

१० /१० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको महानगर विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने निर्णय भएको महानगरले जनाएको छ ।

दाङको राजपुर गाउँपालिका ७ स्थित हाटबास क्षेत्रमा १६ वैशाखमा आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएको थियो ।

यस्तै वैशाख ८ र ९ मा  गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu