Connect with us
Kapilvast Forest

एमाले कार्यकर्ता ईमान्दार बन्नु पर्छ : अध्यक्ष ओली

२०८१, २६ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई ईमान्दार हुन आग्रह गर्नुभएको छ । नेकपा एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनलाई सम्बोधन गदैं अध्यक्ष ओलीले कार्यकर्ता इमान्दार भए नेतृत्व इमान्दार हुने बताउनु भयो ।

अध्यक्ष ओलीले कपिलवस्तुको चन्द्रौटामा आयोजित दशौं अधिवेशनलाई सम्बोधन गदैं पार्टीमा कसैले पनि गुटबन्दी नगर्न चेताबनी समेत दिनुभयो । कार्यकर्ता मिसन ८४ पुरा गर्नु सवैको दायित्व भएकाले आजैका दिनदेखी नेता, कार्यकर्ता एक ढिक्का भएर अघी बढ्नुपर्ने बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोडदिने बताउँदै त्यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको समेत स्मरण गराउनुभयो । अधिवेशनले आगामी तिनवर्षका लागी नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटिले जनाएको छ ।

अध्यक्ष ओलीले आजै कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शैयाको अस्पताल उद्घाटन गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu