Connect with us
Kapilvast Forest

अध्यक्ष ओलीद्धारा विजयनगरमा १५ शैयाको अस्पताल उद्घाटन

२०८१, २६ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु-
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शैयाको अस्पताल बुधवार उद्घाटन गर्नु भएको छ । अध्यक्ष ओलीले अस्पताल उदघाटन गर्दै अब यहाँका जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराईको तल्लो भागमा यातायातको समस्यालाई ध्यान दिएर हुलाकी राजमार्गको सुरुवात गरेको बताउनुभयो । पूर्व प्रधानमन्त्री ओलीले कपिलवस्तुमा सिचाईको समस्या रहेको बताउनुभयो ।

२०६३ सालमा आफू पराराष्ट्रमन्त्री हुँदा कपिलवस्तु सिचाई को लागि नौमुरे योजनाको प्रस्ताव भारतमा लगेको ओलीको भनाई छ । नौमुरे योजनाले निरन्तरता नभएको अब यो योजनालाई निरन्तरता हुने जोड दिनुभयो । कृषिको आधुनिकीकरण प्रविधिको प्रयोग गरी व्यावसायिक तवरमा कृषिलाई अघि बढाउनुपर्ने उनको भनाई छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले सोचे अनुरूप सञ्चालन हुन नसकेकोले आगामी दिनमा पर्यटनलाई जोड दिँदै विमानस्थलको प्रयोग गरिने बताए । देशभरका ३९६ वटा अस्पताल एकै पटक शिलान्यास गरेको र आज तयार भएर उद्घाटन गर्न पाउँदा खुसी लागेको ओलीको भनाई छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu