Connect with us
Kapilvast Forest

तरकारीवाली कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं– तरकारीवालीको रुपमा भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युवमार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् ।

भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ । मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा निकै आकर्षक तवरले छायाँकन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन् ।

लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, विकास चौधरीको संगीत छ । विकास चौधरी र चन्दा घिसिङले यसमा स्वर दिएका छन् । विक्रम कार्की टिमको छायाँकन रहेको गीतको भिडियो कृष्ण पाण्डेले सम्पादन गरेका हुन् ।

भाइरल भएपछि कुसुमले लम्फु नामक एक फिल्म अभिनय गरेकी थिइन् । तर उक्त फिल्मले भने उनलाई राम्रो चर्चा दिलाउन सकेन । यो म्युजिक भिडियोले आफुलाई राम्रो चर्चा दिलाउने उनले बताइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu