सरकार टिकिरहे स्थानीय तहलाई सजिलो हुन्छ : मेयर बालेन
काठमाडौं- महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताएका छन् । काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए ।
उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउनुसक्नुपर्ने समेत बताएका छन् । उनले भने आफ्नै पालिकामा न्याय प्राप्त होस् न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् उपप्रमुख पद उप भए पनि काम प्रमुखको भन्दा ठूलो भएको समेत उनले बताए ।