गिरी नेविसंघको केन्द्रिय सदस्यमा मनोनित
कपिलवस्तु गोरुसिंगेका विद्यार्थी नेता कृष्ण गिरी नेपाल नेपाल विदयार्थी संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सोमबार बिभिन्न व्यक्तिहरुलाई मनोनयन गर्ने क्रममा कृष्ण गिरीलाई मनोनित गरिएको हो ।
कृष्ण गिरी संगै संदिप यादव, दिपेन्द्र रेग्मी, टिआर पाण्डे, माधव पौडेल, मञ्जु विश्वकर्मा, कृष्ण आचार्य र शिखर प्रसाद आचार्य पनि मनोनयनमा परेका छन् ।
सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी ७१० केन्द्रिय सदस्य मनोनयन गरेका थिए ।