Connect with us
Kapilvast Forest

असारे विकास खर्च : दैनिक पाँच अर्ब

२०७६, २६ असार बिहीबारमा प्रकाशित

काठमाडौं । राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता बिचको मुडभेडपछि २ जनाको मृत्यु भएको खबर सहित अन्य फरक – फरक विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित गरेका छन् ।

अन्नपूर्ण पोष्ट् दैनिकले आर्थिक वर्ष सकिनै लाग्दा सरकारको दैनिक विकास खर्च अत्याधिक बढ्दै गएको उल्ल्लेख गर्दै ‘पैसा सक्न चटारो’ शीर्षकमा मुख्य समाचार छापेको छ । महालेखा नियन्त्रक कार्यालयले असार १५ पछि दैनिक एक अर्ब रुपैयाँ हाराहारीमा खर्च हुँदै आएकोमा मंगलबार र बुधबार दैनिक पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च भएको जनाएको छ । असारमै विकास खर्चको ४० देखि ५० प्रतिशत खर्च हुने क्रमलाई दुई तिहाइ नेतृत्वको सरकारले पनि निरन्तरता दिएको प्रसंग राख्दै पत्रिकाले विश्लेषणात्मक समाचार बनाएको छ ।

कान्तिपुर दैनिकले भोजपुर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै विप्लव समूहका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान सञ्जीव राईलाई गोली हानेको समाचारलाई प्रमुख स्थान दिएको छ । समाचार अनुसार प्रहरीको जवाफी कारबाहीमा विप्लव समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको समेत मृत्यु भएको छ । कान्तिपुरमा प्रतिबन्धपछि विप्लव समूहका ८ जना मारिएको उल्लेख छ ।

नागरिक दैनिकले भोजपुरमा भएको विप्लव समूह र प्रहरीबिचको दोहोरो भिडन्तको समाचारका साथै शिक्षकको कुटाइबाट घाइते छात्रको मृत्यु भएको खबरलाई प्रथम पृष्ठमा छापेको छ । समाचारमा उल्लेख भए अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका -१७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र १५ वर्षीय माधव कलौनीको उपचारको क्रममा मृत्यु भएको हो ।

नयाँ पत्रिका दैनिकले त्रिभुवन विश्वविद्यालयको विद्यार्थी भर्ना र पठनपाठनमा भद्रगोल देखिएको विषयलाई केन्द्रीत गरेर प्रमुख समाचार छापेको छ । समाचारमा त्रिविमा स्नातक तहको पहिलो वर्षमा काुनन शिक्षा अध्ययन गर्नेहरुको संख्या १० हजार ८ सय ६८ पुगेको भएपनि अब कति संख्यामा भर्ना गर्ने भन्ने अन्यौलता देखिएको उल्लेख छ । नेपाल ल क्याम्पसमा प्राध्यापक, कक्षाकोठा, डेस्क, बेन्च र अन्य सुविधा उस्तै रहेको तर एक विद्यार्थीको ठाउँमा ३६ विद्यार्थी भर्ना गरिएको समाचारमा विश्लेषण छ ।

कारोबार दैनिकमा भ्याट र ट्रयाकिङ्विरुद्द ट्रक व्यवसायी आन्दोलित भएको र बुटवद गोरखपुर विद्युत प्रसारण लाइनमा अलमल भएको जस्ता समाचारलाई प्रथम पृष्ठमा समेटिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu