Connect with us
Kapilvast Forest

देविपुर वासीको माग – खै लालपुर्जा ?

२०७६, २५ असार बुधबारमा प्रकाशित

माधव बेल्वासे, कपिलवस्तु असार २५
कपिलवस्तुको शिवराज नगरपालिका ८ देविपु्रवासीहरुले लालपुर्जाको माग गरेका छन । द्धन्द्धपिडित वाट घरवार विहिन भएको उक्त गाउँका करिव १ सय २० परिवारहरु पिडित बनेका थिए । २०६४ सालको कपिलवस्तु द्धन्द्धवाट पिडित बनेको उक्त गाउँका वासिन्दाले सरकारले क्षतिपुर्ती नदिएको भन्दै दुख व्यक्त गरेका छन । २०५९ सालमा वस्ती विस्तार भएको सोही गाउँमा २०६४ को कपिलवस्तु घटनामा सो गाउँ उजाड भयो । त्यहि गाउँमा ६ जनाको हत्या भयो भने सयौ घाईते भए,गाउँ पुरै खरानीमा परिणत भयो । कतिपय त्यो ठाउँ नै छाडेर अन्य ठाउमा गए भने कतिपयलाई त्यहि स्थापित गर्नको लागी प्रयास गरियो ।
आँखा अगाडी हत्या गरेको त्यो दृष्य अहिले झलझली आउछ स्थानिय खेतुलाल रानाले भने – कति दिन खुल्ला आकास मुनी वितायौ,परिवारलाई कसरी सुरक्षीत राख्ने भन्ने परिलो । २०६० सालमै प्रतिकार समुहले घर जलाए, त्यसपछी २०६४ साल सम्म निरन्तर घटना घटिरहे रानाले थपे । कतिपयमा छोराहरुको हत्या भयो कतिपयको लुटपाट घटना सारै हिंसात्मक रहेको उनले वताए ।घटनामा परि देविपुर वस्ने शोभाराम सुनार,विर वहादुर सुनार,झविन्द्र खनाल, हरि वस्नेत र रमुवादह र हल्लानगरका एक एक जनालाई हत्या गरिएको थियो । त्रासित रहेको उक्त गाउँमा कोहि पनि वस्न नमान्ने गरेको सुनीता पासीले वताइन । धेरै सर्घष गरेका छौ, तर पनि अझै आफ्नो जग्गा छैन त्यसैले सरकारले हामीजस्ता पिडितलाई न्याय दिलाई लालपुर्जा वाढोस पासीले भनिन् ।
वस्ती बस्दा ७ सय ५० जनसंख्या रहेको भए पनि अहिले सोही बस्तीको जनसंख्या करिब १३ सयको हाराहारीमा रहेको छ । घटना पश्चात चन्द्रौटामा रहेको सहज नेपालले करिब ५५ लाखको लागतमा १ सय २३ घर निर्माण गरेको थियो । घर पाएपछी स्थानिहरुमा कहि राहतको महशुस भएपनि जिविको पार्जनमा समेत निकै समस्या रहेको थियो । शिवराज नगरपालिकाले पनि उक्त गाउँको वासिन्दाको न्यायको लागी कुनै काम नगरेको भन्दै स्थानियहरुले पहल गर्न आग्रह गरे । वडा अध्यक्षलाई पटक पटक भन्यो हाम्रो माग कस्ले सुन्छ ? राम वहादुर विकले वताए ।
शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी यस क्षेत्रकै पिडितहरुको वस्ती देविपुर हरेकोले विकासको लागी नगरले प्रयास गरिरहेको वताए । पहिल त्यहा पुग्न वाटो थिएन अव सडक कालोपत्र बन्दै छ ,खानेपानिको लागी काम भइरहेको छ उनले भने । लालपुर्जाको लागी आफ्नो क्षेत्रअधिकार भित्र नरहेको जानकारी दिदै प्रदेश र केन्द्रमा पटक पटक आग्रह गरिरहेको वताए । जिल्लाकै केतिपय ठाउमा लालपुर्जा वितरणको काम भइरहेको छ यहा पनि पक्का हुने छ, अधिकारीले वताए । त्यतिबेला पिडितहरु बनाइएको सर्घष समितिका अध्यक्ष महादेव पोख्रेलले राज्यले आफुहरुलाई न्याय दिन नसकेको वताए । छानविन समितिको प्रतिवेदन नै सार्वजनिक नगर्नु सरकारको कमजोरी रहेकोले न्यायको लागी लागी परेको वताए ।
घरहरु जिर्ण बन्दै
२०६५ मा पुर्न निर्माण भएको देविपुर वस्तीका घरहरु जिर्ण बन्दै गएका छन । बस्ती छाडेर अन्तै बसाइ सरेका घरहरु जिर्ण बनेका छन । सहज नेपालको सहयोगमा १ सय २३ घरहरु निमार्ण भएपनि अहिले अधिंकाश घरहरु खाली रहेका छन भने घरको दिवाल तथा ढोकाहरु यत्रतत्र फालीएको छ । स्थानियहरु अहिले यो गाउँमा वस्न छोडेका छन घरहरु मर्मत नहुदा यस्तो भएको वडा अध्यक्ष संकर अहिले वताए ।
गाउँमा अहिले कतिपयले आफै घर बनाएका छन भने करिव ५० घरहरु भने खालि रहेका छन । ति घरमा जिर्ण बनेका हुन ।५५ लाखको लागतमा उतिबेला विस्थापितहरुलाई उद्धार गर्नको लागी घरहरु बनाएका थियौ अहिले घरमा जिर्ण बनेका छन तत्कालिन सहज नेपालका अध्यक्ष शरद अधिकारीले वताए । घर निमार्ण भएको एक दशक पुग्दा उक्त घरहरु जिर्ण बनेका हुन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu