५ सय ३४ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
काठमाडौं -पछिल्लो २४ घन्टामा देशभर पाँच सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। तीन हजार पाँच सय ८८ जनाको पिसिआर गर्दा चार सय ९० र पाँच सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जना गरी पाँच सय ३४ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै सोही समयमा एक सय ५७ जनाले कोरोनालाई जितेर घर घर्किएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २४ घण्टामा पाँच जना कोरोना संक्रमितको ज्यान गएको छ। हाल चार हजार तीन सय ८४ जना संक्रिय संक्रमित रहेको समेत मन्त्रालयले जनाएको छ।