Connect with us
Kapilvast Forest

चन्द्रौटा खानेपानीको लागी चौतर्फी दवाव

२०७६, ३१ असार मंगलवारमा प्रकाशित

कृष्ण गैरे , असार ३१ कपिलवस्तु
कपिलवस्तुको चन्द्रौटा खानेपानी उपभोतmा समीतीको अधिवेशनको लागी चौतर्फी दवाव सिर्जना भएको छ । ६ वर्ष अघि गठन भएको तर्दश समीतीले हाल सम्म खानेपानी परियोजना संचालन गरेको भन्दै उपभोतmाहरु असन्तुष्ट वनेका छन ।
१३६ जना उपभोतmाहरुले आज हस्ताक्षर गरेर ईलाका प्रशासन कार्यालय चन्द्रौटा र शिवराज नगरपालीकामा अधिवेशन तथा साधरण सभाको माग गर्दै ज्ञापन पत्र वुझाएका छन । समति गठन भएदेखि साधरण सभा नभएको , ६ वर्ष सम्म अधिवेशन नगरी तर्दश समीतीले परियोजना संचालन गरेको , लेखापरीक्षण नगरेको , विभिन्न श्रोत र उपभोतmावाट आएको हिसाव सार्वजनीक नगरेको लगाएतका असन्तुष्टि व्यतm गर्दै उपभोतmाले ज्ञापन पत्र वुझाएका हुन ।
१५ दिन भित्र समस्याको समाधान नभए थप सघर्षका कार्यक्रम अगाडी वढाउने उनीहरुले चेतावनी दिएका छन । यता नेपाली काग्रेस शिवराज नगर समीतीले समेत उपभोतmाको मागमा एकयवद्धता जनाउदै ईलाका प्रसासन कार्यलय चन्द्रौटा र शिवराज नगरपालीकामा ज्ञापन पत्र वुझाएको छ ।
नगर सभापति मधु पोख्रेलद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा तर्दश समीती भंग गरी तत्काल अधिवेशन गर्न र लेखापरिक्षण गरी साधारण सभा गर्न माग गरिएको छ । झण्डै १२ सय उपभोतmाले उपयोग गरेको खानेपानी दुषित भएको भन्दै उपभोतmाले आवाज उठाउदा समेत समीतीले सुनुवाई नगरेको भन्दै कांग्रेसले रुष्टता व्यतm गरेको छ । ज्ञापन पत्र लिएर नेपाली काग्रेसका नगरका पदाधिकारी र जिल्ला कार्यसमीतीका सदस्यहरु प्रसासन कार्यालय पुगेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu