यो प्राकृतिक बिपत्तिमा संयमता पूर्वक उद्दार र राहातमा जुटौं :मन्त्री तामाङ
काठमाडौं-स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले मेलम्ची खानेपानीको ड्याम भत्काएको बताउनु भएको छ । उहाँले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको जानकारी दिनु भएको छ ।
उहाँका अनुसार बाढीले नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूलसमेत भत्काएको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बौंको क्षति पूर्याएको मन्त्री तामाङको दाबी छ।
नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन अपिल समेत गर्नु भएको छ । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ आजै पराउने जनाउनु भएको छ ।
स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्नु भएको छ । अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल समेत गर्नु भएको छ ।
साथै उहाँले बिपत्तिमा परेकाले आफु स्वयम लाइ9851040821 मा आफनो स्वकिय निर्मल बन्जाराको 9851175310 मा वा स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा हिन आग्रह गर्नु भएको छ । आजै निरिक्षण हुने जानकारी गराउँनु भएको छ ।उहाँले ५० जनाभन्दा बढी बेपत्तासमेत भएको जानकारी दिनु भएको छ ।