Connect with us
Kapilvast Forest

मेलम्ची बाढीः ५० जनाभन्दा बढी वेपत्ता भएको अनुमान

२०७८, २ असार बुधबारमा प्रकाशित

 

काठमाडौं-अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जनाभन्दा बढी वेपत्ता भएका छन् ।त्यहाँका नदी किनारमा भएका रिसोर्टदेखि माछापालनका लागि बनाइएका स्थानहरु सबै बाढीले बगाएको छ ।

आसपासका हाइड्रोपावरका संरचनाहरु पनि पुरिएका छन् । बाढीका कारण त्यहाँ भएको क्षतिको विवरण आइसकेको छैन ।

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu