अभियान्ता ज्ञानेन्द्र शाहीले पत्रकारलाई धम्क्याएकोप्रति महासंघको आपत्ति
काठमाडौ-जनता टेलिभिजनको कार्यक्रम बाईलाईनमा जेठ ३१ गते प्रसारित कार्यक्रमको विषयलाई लिएर सामाज अभियान्ता ज्ञानेन्द्र शाहीले पत्रकारद्धय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघको तर्फबाट महासचिव रोशन पुरीले बुधबार विज्ञप्ति जारी गरी पत्रकारलाई धम्याईएको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।महासंघले घटनाको छानविन गरि दोषीमाथि कानुनी कारवाही गर्न र पत्रकारको सुरक्षामा बिषेश ध्यान दिन सुरक्षा निकायसँग माग गरेको छ।