Connect with us
Kapilvast Forest

पौडी खेल्न गएका तीन युवाको डुबेर मृत्यु

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

नेपालगञ्ज -बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका तीन युवाको मृत्यु भएको छ ।
मुस्लिम समुदायको महान पर्व बकराईदका दिन कोहलपुर, १० मा रहेको उक्त स्थानमा रमाइलो गर्ने उदेश्यले नेपालगञ्ज ११ बाट गएका पाँचजना युवा बुधबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुब्दा मृत्यु भएको र दुई युवकलाई प्रहरीले उद्धार गरेर बचाएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिभ जसगढ रहेका छन् ।

उनिहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेर जोगाउन सफल भएको डीएसपी खनालले बताउनुभयो ।
पौडी खेल्ने क्रममा युवा डुबेको खबर पुग्ने वित्तिकै कोहलपुर प्रहरीको टोलीले त्यहाँ पुगेर खोजी गर्दा तीन जना मृत अवस्थामा फेला पारेका थिए । दुई जनाको उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक प्रक्रिया पु।याएर तीनै जनाको शवलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको पनि ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu